पर्वत ।  महाशिला गाउँपालिका, पर्वतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि निशुल्क रुपमा आवासीय विद्यालय सञ्चालन गरेको छ । महाशिला गाउँपालिकाको आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०७९, बमोजिम जारी भएको सूचनामा ७ वटा विद्यालयले आवासीय विद्यालयको प्रस्ताव पेश गरेकोमा माध्यिमक तहबाट श्री महेन्द्र ज्योति मावि।, लुंखु, श्री स्वधर्म मावि।, पाखापानी र निमावि तहमा श्री गोर्ल्याङधाम आवि, होश्राङग्दी छनोट भएका छन् ।

अभिभावकको जिन्सी तथा गाउँपालिकाको अन्य वित्तिय जिम्मेवारी हुने गरि लागत साझेदारी तय गरिएको छ । महाशिला ४, स्वधर्म माविमा आज आवासीय विद्यालय शुभारम्भ गर्दै अध्यक्ष इश्वरी प्रसाद भुसालले सामुदायिक विद्यालयको गुणस्तर उकास्न तथा गाउँपालिकालाइ शैक्षिक केन्द्र बनाइ शैक्षिक सुधार गरि बालबच्चा पढाउनको लागि गाउँ छोडेर शहर पस्ने प्रवृतीको अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक  शेषकान्त शर्माले गाउँपालिका तथा सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा पालिका यि र यस्ता कार्यक्रममा सँगसँगै सहकार्य गरेमा पालिकाको अपनत्व तथा समुदायको चासो विद्यालय प्रति सकारात्मक रहने र कार्यविधि बमोजिम आवासीय विद्यालय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया