गैँडाकोट । नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता चित्रध्वज जिसीले पुस्ता हस्तान्तरणका लागि आफुले उमेदवारी दिएको भन्दै पछि नहट्ने प्रष्ट पारेका छन् ।नेविसंघ नवलपुरका पूर्व उपाध्यक्ष तथा काँग्रेसका क्षेत्रीय सदस्य समेत रहेका गैँडाकोट निवासी जिसीले कुनैपनि हालतमा उमेदवारी फिर्ता नलिने बताए ।

उज्यालो खबरलाई आज विहान आफ्नै निवासमा अन्तर्वार्ता दिदै उनले सधैभरी एउटै व्यक्तिलाई बोक्ने परम्परा तोडिनुपर्ने बताए, मेरो बुवाले पनि संशाकलाई भोट हाल्नुभयो, मैले पनि हाले अव छोराले पनि हाल्नुपर्ने ? उमेरका हिसावले पाको भएका कोइराला आराम गरेर युवाहरुलाई अवसर दिनुपर्ने बेलामा केहि झुण्डहरुको घेरामा सिमित भएकाे दावी गरे ।

आर्थिक रुपमा आफु कमजोर भए पनि देश विदेशबाट स्वतःस्फुर्तरुपमा आफुलाई सहयोग आउने जिसीले बताए । चुनाव प्रचारको क्रममा सबै मतदाताको घरदैलोमा पुुगेर मतदाताहरुलाई ढोग्ने अभियान सुरु गर्ने उनले बताए । गैँडाकोट नगरपालिकाबाट मात्रै १२ हजारभन्दा बढि मत प्राप्त गर्ने भन्दै उनले चुनाव जित्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया