×

Month: September 2022

पहिरोले बन्द रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोले बन्द रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो
काठमाण्डौ।  पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।

प्रगतीनगरको जुग्नु पाउरोटी उद्योगमा प्रशासनको छापा : सञ्चालक पक्राउ

प्रगतीनगरको जुग्नु पाउरोटी उद्योगमा प्रशासनको छापा : सञ्चालक  पक्राउ
सविना लामिछाने गैँडाकोट । नवलपुरको प्रगतीनगरमा रहेको जुग्नु पाउरोटी उद्योगमा जिल्ला अनुुगमन समितिले छापा हानेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुगमन टोलिले पाउरोटी उद्योगमा आज साँझ छापा हानेको हो । अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख प्रहरी निरिक्षक भिमसेन घिमिरे सहितको प्रहरीको टोलीले पाउरोटी उद्योगका संचालक रफी अहमदलाई पक्राउ गरेको छ । सो क्रममा उद्योगमा रहेको २२ बोरा मैदा, बेकरी, पाउरोटी, समोसा र क्रिमरोल समेत ...

म्यादी प्रहरीका लागि नवलपुरमा २ हजार बढीको आवेदन

म्यादी प्रहरीका लागि नवलपुरमा २ हजार बढीको आवेदन
नवलपुर । नवलपुरमा म्यादी प्रहरीमा भर्ना हुन २ हजार १ सय ५७ले आवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरी बन्न नवलपुरमा २ हजार १ सय ५७ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू रहेका छन्। बिहीबार सम्म जिल्ला प्रहरी कार्यालय नवलपुरमा २ हजार १ सय ५७जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । आवेदन दिनेमा १ हजार ५ सय ४४ पुरुष र ६ सय १३ जना महिला र...

गैँडाकाेटमा ५२ जनाद्धारा रक्तदान

गैँडाकाेटमा ५२ जनाद्धारा रक्तदान
गैंडाकोट। नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाको आयोजनामा शुक्रबार एसपीएम कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल ५२ युनिट रगत संकलन भएको छ । नवलपुर र चितवन जिल्लामा रगत अभाव न्यूनीकरण गर्न सो कार्यक्रमको आयोजना गरिएको अयोजककाे भनाइ छ । गैंडाकोट वडा नम्बर २ का सन्तोष वाग्लेले १०८ पटक रक्तदान गरि उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य पुर्णप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

५० वर्षअघिको वैंश निकालेर अधिनायकवादविरुद्ध लड्न तयार छु : ओली  

५० वर्षअघिको वैंश निकालेर अधिनायकवादविरुद्ध लड्न तयार छु : ओली  
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी खोसेकोप्रति लक्षित गर्दै उनले त्यो काम अधिनायकवादी काम भएको बताए । एमाले निकट राष्ट्रिय युव संघ नेपालको राष्ट्रिय प्रचार भेला कार्यक्रममा ओलीले आफूले कसैको पक्ष नलिएको तर सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको बताए ।अधिनायकवादको विरोधम आफू ५० वर्षअघिको वैंश निकालेर लड्न तयार भएको भन्दै ओलीले ...

चितवनको टिकौली जंगलमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनको टिकौली जंगलमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं. ९ टिकौली जंगलमा बिरगंजबाट काठमाण्डौ तर्फ आई रहेको ना७ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिँदा स्थानीय ६१ वर्षका प्राण जवाराको मृत्यु भएको हो । चितवन प्रहरीका अनुसार भरतपुरबाट टांडी तर्फ गई रहेको बा८३प ५५३ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको ट्याङ्करले ठक्कर दिएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएका जवाराको सााँझ ७ वजे नयाँँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । स्कुटरल...

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
मकबानपुर।  मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए। काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हाे ।काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।‘बसका चालक फरार छन्। ...

पूर्वआईजीपी सर्वेन्द्र खनालले भने : ओलीजत्तिको राजनेता कोही पाइनँ

पूर्वआईजीपी सर्वेन्द्र खनालले भने : ओलीजत्तिको राजनेता कोही पाइनँ
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको बताए । ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ,’ उनले भने,‘मेरो जागिरको दौरानमा अध्यक्ष कमर...

ओलीको दाबी : एमाले देश र संविधानको भाषा बोल्छ, गठबन्धन निजी स्वार्थको

ओलीको दाबी : एमाले देश र संविधानको भाषा बोल्छ, गठबन्धन निजी स्वार्थको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले आफ्नो पार्टी देशको, संविधानको र कानूनको भाषा बोल्ने दाबी गरेका छन् ।पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका बोल्दै उनले यही कारण एमालेमा पार्टी प्रवेशको लहर चलेको बताए । ‘नेकपा एमाले देशको भाषा बोल्छ । जनताको भाषा बोल्छ । संविधानको भाषा बोल्छ । कानूनको भाषा बोल्छ,’ उनले भने,‘गठबन्धन मसलको भाषा बोल्छ । निजी स्वार्थको भाषा बोल्छ ।’गठबन्धन निजी स्वार्थका लागि जे काम पनि गर्न तयार हुने अवस्था देख...