नवलपुर । नवलपुरमा म्यादी प्रहरीमा भर्ना हुन २ हजार १ सय ५७ले आवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरी बन्न नवलपुरमा २ हजार १ सय ५७ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू रहेका छन्।

बिहीबार सम्म जिल्ला प्रहरी कार्यालय नवलपुरमा २ हजार १ सय ५७जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । आवेदन दिनेमा १ हजार ५ सय ४४ पुरुष र ६ सय १३ जना महिला रहेका र ती मध्ये म्यादी प्रहरीका लागि आवेदन दिनेमा २३ जना पुर्व सुरक्षाकर्मी र ५ सय ७४ जना पुर्व म्यादी प्रहरी रहेका छ्न ।

म्यादी प्रहरीमा आवेदन दिएकाहरुको भाद्र ९ गते देखि छनौट प्रक्रिया सुरु हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् ।

 

तपाईको प्रतिक्रिया