×

Month: September 2022

नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो, गाडीहरु गन्तव्यमा लाग्दै

नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो, गाडीहरु गन्तव्यमा लाग्दै
चितवन । विहान ६ वजेदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड संचालनमा आएको छ । दिउसो  २ : ३०  वजेदेखि अवरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा लामो समय यात्रुहरुले सास्ती पाएका थिए ।

नारायणगढ मुग्लिन सडकखण्ड अझै खुलेन, यात्रुहरु मर्कामा 

नारायणगढ मुग्लिन सडकखण्ड अझै खुलेन, यात्रुहरु मर्कामा 
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो हटाउन दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान साढे ५ बजे लेदोसहितको पहिरो खसेको हो । १८ किलो र ५ किलोमा खसेको पहिरो भने हटाइएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए । उनका अनुसार केराबारीमा भने लगातार लेदोमाटो बगीरहेकाले पहिरो हटाउन समस्या भएको छ । थप पहिरो नगए दिउँसो दुईरतीन बजेसम्ममा पहि...

कावासोतीको गैँडा तालमा डुवेर एक युवतीको मृत्यु

कावासोतीको गैँडा तालमा डुवेर एक युवतीको मृत्यु
नवलपुर । नवलपुरमा तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गैँडा तालमा डुवेर २० वर्षिया शिला घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ । मृतककाे घर  कावासोती नगरपालिका वडा नं. ८ शान्ति टोल रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ । हिजाे राति १० बजे घरबाट हिडेकी उनकाे शव आज विहान तालमा मृत अवस्थामा फेला परेकाे हाे । उनले किन आत्महत्या गरिन् भन्ने बारेमा केहि खुलेकाे छैन ।  घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

राप्ती नगरपालिका कार्यालय र वडाहरुमा छड्के जाँच, अनुपस्थित कर्मचारीलाइ कारबाही गरिने

राप्ती नगरपालिका कार्यालय र वडाहरुमा छड्के जाँच, अनुपस्थित कर्मचारीलाइ कारबाही गरिने
चितवन ।राप्ती नगरपालिकाको कार्यालय र वडाहरुमा छड्के जाँच भएको छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र सम्बन्धित वडाका वडाअध्यक्षहरुले समयमा कार्यालय नआउने कर्मचारीलाई छड्के जाँच गरेका हुन् ।बुधबार मात्र १६ जना कर्मचारी छड्के जाँचमा परेका छन् । बिहान १०: १५ देखि बेलुकी ४:४५ बजेसम्म गरिएको चेकिङमा कर्मचारीहरु परेका हुन् । राप्तीनगर नगर कार्यपालिकाको कार्यालय, राप्ती-१ देखि ६ सम्मका वडा र भण्डारा अस्पतालको कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका कर्मचारीह...

गैँडाकोटमा भदौ २४ गतेदेखि ठुलो पुरस्कार राशीको फुटवल प्रतियोगिता हुने

गैँडाकोटमा भदौ २४ गतेदेखि ठुलो पुरस्कार राशीको फुटवल प्रतियोगिता हुने
गैँडाकोट । नवलपुरमा भदौ २४ गतेदेखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले भदौ २४ गतेदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाण पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थाप...

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एव...

केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं। वर्षाका कारण नारायणगढ -मुग्लिन सडक खण्ड  अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- २९ स्थित केराबारीमा आज विहान ६ वजे पहिरो गएका कारण यातायात अवरुद्ध बनेको हो ।पहिराे हटाएर सडक खुलाउने प्रयास भैहरेकाे प्रहरीले जनाएकाे छ ।