चितवन ।राप्ती नगरपालिकाको कार्यालय र वडाहरुमा छड्के जाँच भएको छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र सम्बन्धित वडाका वडाअध्यक्षहरुले समयमा कार्यालय नआउने कर्मचारीलाई छड्के जाँच गरेका हुन् ।बुधबार मात्र १६ जना कर्मचारी छड्के जाँचमा परेका छन् । बिहान १०: १५ देखि बेलुकी ४:४५ बजेसम्म गरिएको चेकिङमा कर्मचारीहरु परेका हुन् ।

राप्तीनगर नगर कार्यपालिकाको कार्यालय, राप्ती-१ देखि ६ सम्मका वडा र भण्डारा अस्पतालको कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरु चेकजाँचमा परेका हुन् ।अब स्वीकृत बिना कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु कारबाही पर्ने भएका छन् । अनुपस्थित कर्मचारीहरुलाई स्पष्टीकरण सोधिने र नियमानुसार उनीहरुलाई कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनु भयाे ।

कर्मचारीहरुको हाजिरी तथा सिट चेकिङ गरिएको उहाँले बताउनुभयाे ।  कर्मचारी सेवामुखी हुनुपर्नेमा उनले जोड दिदै उहाँले भन्नुभयाे – “आफूखुशी बिना खबर बिदामा बस्न पाइँदैन, यसले सेवाग्राहीलाई मारमा पार्छ ।” समयपालना नगर्ने, जानकारी नगराई बिदामा बस्ने, समयमा राजश्व दाखिला नगर्ने, समयमा रिपोर्ट नबुझाउने वडा र शाखाहरूलाई नियमन गर्न चेकजाँच गरिएको लम्सालले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया