
नवलपुर । नवलपुरमा तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गैँडा तालमा डुवेर २० वर्षिया शिला घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ । मृतककाे घर कावासोती नगरपालिका वडा नं. ८ शान्ति टोल रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।
हिजाे राति १० बजे घरबाट हिडेकी उनकाे शव आज विहान तालमा मृत अवस्थामा फेला परेकाे हाे । उनले किन आत्महत्या गरिन् भन्ने बारेमा केहि खुलेकाे छैन । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।