Month: September 2022

इमेज परिवारमा शुभकामना र खुसी साटासाट !

इमेज परिवारमा शुभकामना र खुसी साटासाट !
चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले नेपालीहरुको महान पर्व दशै, तिहार, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।नारायणगढको मुख्य कार्यालयको इमेज हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा इमेजका विद्यार्थी, कर्मचारी र शिक्षकहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा बोेल्दै इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले धार्मिक र साँस्कृतिक महत्व बोकेका चाडपर्वलाई सभ्य रुपमा मनाउनुपर्ने बताउनु...

एमालेका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

एमालेका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए । ‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’, ती पदाधिकारीले भने । उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो । ६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे...

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ ।  देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ ।मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व...

वडा सचिवलाई चुरोटको लत लागेपछि …………

वडा सचिवलाई चुरोटको लत लागेपछि …………
बझाङ । यतिवेला एउटा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्यालय समयमा आफ्नो कुर्सीमा आसिन वडा सचिव एक सुरमा चुरोटको आनन्द लिइरहेका छन् । चुरोट यसरी तान्दै छन् कि मानौं उनी एक स्वाट्टमा नै चुरोट सक्काउने प्रतिस्पर्धामा छन् । अगाडिपट्टि कार्यालयका सबै फाइलहरु, प्रिन्टर र कम्युटरमा केही लेख्दै गरेको दृश्य फोटोमा देखिन्छ । अझ उक्त कार्यालयमा सेवाग्राहीहरु पनि छन् । जसले उक्त फोटो खिचेका थिए । यो घटना बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ को हो । जयपृथ्वी नगरपालिका वडा नं १ ...

रबि लामिछानेलाई डेंगु संक्रमण,चितवनमै आराम गर्दै

रबि लामिछानेलाई डेंगु संक्रमण,चितवनमै आराम गर्दै
चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेलाई डेंगु संक्रमण भएको छ । उनलाई ज्वरो र शरीर दुखाइको समस्या देखिएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको हो । चितवनको माडीमा आयोजित कार्यक्रम सकेर फर्केपछि उनि विरामी भएका थिए । लामिछानेले चितवनमै आराम गरिरहेका छन् । उनले केहीदिन आराम गर्नुपर्ने भएकाले भरतपुर,तनहुँ,लम्जुङ र गोरखाका लागि तय भएका कार्यक्रममा सहभागि हुन नसक्ने फेसबुक मार्फत जानकारी गराएका छन् ।

“गैँडाकाेट दशै रमाइलाे मेला” : आज लाेक दाेहाेरी गायक राजु परियार आउदै

“गैँडाकाेट दशै रमाइलाे मेला” : आज लाेक दाेहाेरी गायक राजु परियार आउदै
नवलपुर । गैँडाकाेटमा सुरु भएकाे गैँडाकाेट दशै रमाईलाे मेलामा आज राष्ट्रिय लाेक दाेहाेरी गायक राजु परियार र दिक्षा सुनार आउने भएका छन् । आज अपरान्ह ४ बजेपछि राजु परियार र दिक्षा सुनारले दर्शकहरुलाई मनाेरञ्जन दिलाउने आयाेजकले जनाएकाे छ । यहाँकाे स्थानीय प्रभात समाज कल्याणकेन्द्र नेपालले आयाेजना गरेकाे दशै मेलामा हरेक दिन चर्चित कलाकारहरुले आफ्नाे प्रस्तुती दिने आयाेजकले बताएकाे छ । गैँडाकाेट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेकाे मेला यहि १७ गतेसम्म चल्ने कार्यक्र...

उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा ९एमाले० को सचिवालय बैठक आज बिहीबार बस्दैछ । ४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ । बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।

चितवनमा चौध हजारले जोडे तीव्र गतिको फाइबर इन्टरनेट

चितवनमा चौध हजारले जोडे तीव्र गतिको फाइबर इन्टरनेट
चितवन ।  चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर ...

विश्व मुटु दिवस : बाल मुटुराेग चुनाैती र अवसर !

विश्व मुटु दिवस : बाल मुटुराेग चुनाैती र अवसर !
डा. अजित कुमार मिश्र चितवन ।  देवघाट–४, तनहुँ घर भएकी छ महिनाकी कविता रेग्मीलाई (नाम परिवर्तन) स्वास फेर्न गाहो हुने, तौल नबढ्ने, बान्ताहुने, धेरै पसिना आउने समस्या भएर उनकी आमा र बुवाले भरतपुर अस्पतालमा उपचारको लागि लगे । उनलाई मुटुको समस्या हुन सक्ने शंकामा मुटुको जाँंच (echocardiography) उपचारका लागि भरतपुर अस्पतालले भरतपुर स्थित निकाे बाल अस्पताल रिफर गरियाे । ईको जाँच गर्दा उनको मुटुको तल्लो दुई कोठाको बिचमा प्वाल (VSD) भएको पत्ता लाग्यो । त्यसको उपचारको लागि उनलाई...