प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा पत्रकार सिलवालद्वारा १० हजार सहयोग
चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गरेका छन् । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहेका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तण गरेका हुन् । पत्रकार सिलवालले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागीता जनाएको बताए ।
प्रेस चौतारी नेपालका पू...

























