×

Month: September 2022

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला
सालिकराम कोइराला नवलपुर (हुप्सेकोट) ।  वरिपरि शुन्दर हरियाली। बिचमा खोंच र कलकल बगेको झरना। वन पाखामा चरा चुरूङ्गीको चिरबिर चिरबिर। तल समथर फाँट र माथी महाभारत पहाडको श्रृङ्खला। बारीमा कोदो र जुनेलो । कान्लामा बेसार र आलिमा भटमास। झरना नजिकै सानो फुर्के फाँट। त्यहि फाँटमा कौरा नाचेर औधि रमाइलो गर्दै थिए मगरनी ठिटी पर्यटकका माझ। संसारभर ४३औं विश्व पर्यटन दिवस मनाईरहँदा हुप्सेकोट ४ झरना खोलामा पनि उधुम रमाइलो थियो।  "हाहा ‍‍.....बाटोमा घाटो चण्डि माटो, यसै गाउँको देउ देउत...

गैँडाकोट प्रहरीद्धारा लामोदुरीका लागि हिडेका सवारीसाधनको छड्के जाँच

गैँडाकोट प्रहरीद्धारा लामोदुरीका लागि हिडेका सवारीसाधनको छड्के जाँच
गैँडाकोट । विजयादशमीको अवसर पारेर राजधानी उपत्यका सहित विभिन्न जिल्लाहरुबाट नवलपुर हुँदै जाने सवारीसाधनहरुको चेकजाँच तथा अनुगमनलाई प्रहरीले तिव्रता दिएको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटले मंगलवार राजमार्गमा लामो दुरीका लागि छुटेका सवारीसाधनहरुको अनुमगन गरेको छ । लामो दुरीका  लागि छुटेका यात्रुबाहक बसमा दुईजना चालक भए नभएको, यात्रुहरुले सिटमा बसेर यात्रा गरे नगरेको तथा सवारी साधनको अवस्थाको बारेमा प्रहरीले छड्के जाँच गरेको हो ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प...

“गैँडाकोट दशै रमाइलो मेला २०७९” भोलिदेखि सुरु हुने

“गैँडाकोट दशै रमाइलो मेला २०७९” भोलिदेखि सुरु हुने
गैँडाकोट । नेपालीहरको महानपर्व विजयादशमीको अवसरमा पूर्वि नवलपरासीको गैँडाकोटमा भोलिदेखि “गैँडाकोट दशै रमाइलो मेला २०७९” सुरु हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित जनक नमुना माविको पछाडि रहेको खाली चौरमा दशै मेलाको आयोजना गरिएको हो । प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले आयोजना गरेको गैँडाकोट दशै रमाइलो मेला २०७९को भोलि मध्यान १२ वजे गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक प्रभात समाज कल्याण केन्द्र नेपालका ...

पर्यटकीय स्थल चिनारी : नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य

पर्यटकीय स्थल चिनारी : नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य
नवलपुर । पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व)  पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर भौगोलिकरुपमा तराई, भित्री मधेस र पहाड गरी तीनतले जिल्लाका रुपमा समेत चिनिन्छ । प्राकृतिकसँगै धार्मिक पर्यटकीयस्थल जिल्लाको चिनारीका रुपमा रहेका छन् । जहाँ बर्सेनि हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका ला...

नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता

नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता
चितवन–नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर आज दिउँसो १२ः३० बजे धादिङ महाबिरबेशी घर भई हाल हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय छोरा अभिषेक अधिकारी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । देवघाट प्रहरीले दिउँसो १ बजे घटना बारे जानकारी पाएको थियो । अधिकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु : घिमिरे

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् ।पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन,’ शेखर कोइराला पक्षका घिमिरेले भने । नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भ...

आँपटारी विद्युत सबस्टेशनमा प्राविधिक समस्या

आँपटारी विद्युत सबस्टेशनमा प्राविधिक समस्या
चितवन–आँपटारीस्थित न्यु भरतपुर विद्युत सबस्टेशनमा गएराती १ बजेदेखि प्राविधिक समस्या आएको छ । सबस्टेशनमा प्राविधिक समस्या आएपछि गणेशस्थान, औद्योगिक–३, कल्याणपुर, क्षेत्रपुर र देवघाट फिडर अवरुद्ध भएका छन् । समस्या समाधानको लागि प्राविधिकले काम गरिरहेकाले विद्युत सेवा सुचारु हुन केहि समय लाग्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु
काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए ।केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी या...

वातावरण पत्रकार समुह (नेफेज)को अध्यक्षमा चितवनकी रोशनी अधिकारी

वातावरण पत्रकार समुह (नेफेज)को अध्यक्षमा चितवनकी रोशनी अधिकारी
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह(नेफेज)को स्थापनाको ३६ बर्षे इतिहासमा पहिलोपटक चितवनकी महिला पत्रकार रोशनी अधिकारी निर्वाचित हुनु भएको छ । नेफेजको हालैमात्र सम्पन्न ३७ औं साधारण सभाबाट रोशनी अधिकारी निर्वाचित हुनु भएको हो । समितिको उपाध्यक्षमा गोपाल तिवारी,महासचिवमा सबिन शर्मा , सचिबमाप्रगती ढकाल, कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन हुनु भएको छ । यस्तैे सदस्यहरुमा टिका बन्दना ,अभयराज जोशी, सृष्टि काफ्ले , सुजाता कार्की , शैलेन्द्र कार्की र लेखा समिति संयोजकमा विजयराज पौडेल...