×

Month: September 2022

एकैदिन डेंगुबाट १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

एकैदिन डेंगुबाट १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८...

घटस्थापनाको साइत पारेर प्रचण्ड नयाँ घरमा (तस्बिर)

घटस्थापनाको साइत पारेर प्रचण्ड नयाँ घरमा (तस्बिर)
चितवन ।  नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’गृह प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका-१४ स्थित भिमसेननगरमा नयाँ बनाएका हुन् । सोमबार घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् । बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए ।प्रचण्डले आफू गाँउमै फर्किएको बताएका छन् । उनी चुनाव लड...

गैँडाकोट ४ को सुर्यवंशी होटलबाट ६ जुवाडे पक्राउ (नाम सहित)

गैँडाकोट ४ को सुर्यवंशी होटलबाट ६ जुवाडे पक्राउ (नाम सहित)
गैँडाकोट । नवलपुरको गैँडाकोटमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सुुर्यवंशी होटलमा जुवा खेलिरहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको हो ।उनिहरुको साथबाट तीस हजार २० रुपैँया नगद सहित ३ बुक तास, मकैका दाना (१०० वटा) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा होटल सञ्चालक गैँडाकोट ३ का ४९ वर्षका नर बहादुर आले, खोटाङको हलेसी नगरपालिका घर भै हाल गैँडाकोट १ बस्ने वर्ष ३...

प्रशासनले रोक लगाएपछि “गैँडाकोट दशै रमाइलो मेला २०७९” अन्यौलमा

प्रशासनले रोक लगाएपछि “गैँडाकोट दशै रमाइलो मेला २०७९” अन्यौलमा
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा असोज ९ गते देखि सुरु गर्ने भनिएको गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन गर्न प्रशासनले रोक लगाएपछि मेला सुरु हुने या नहुने बारे अन्यौलता देखिएको छ । प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले जनक नमुना माविको खेल मैदानमा गैँडाकोट दशै रमाइलो मेला २०७९को आयोजना गर्ने भन्दै स्टल निर्माण गेट तथा मञ्च बनाउने काम गरेपनि अनुमति नलिईकन काम अगाडी बढाएपछि प्रशासनले रोक लगाएको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रशासन सँग अन...

दसैंका यात्रु बोक्ने गाडीलाई रूट परमिट नचाहिने

दसैंका यात्रु बोक्ने गाडीलाई रूट परमिट नचाहिने
काठमाडौं ।  दसैँका लागि घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।दसैँको पूर्णिमा (असोज २३ गते)  सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ। दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय म...

आजदेखि बडादसैँ सुरू, घटस्थापनाको साइत कति बजे ?

आजदेखि बडादसैँ सुरू, घटस्थापनाको साइत कति बजे  ?
काठमाडौं ।  विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँ घरमा वैदिक वि...

भरतपुरमा बँदेलको आक्रमणबाट एकजनाकाे मृत्यु

भरतपुरमा बँदेलको आक्रमणबाट एकजनाकाे मृत्यु
चितवन । चितवनको भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ दिपेन्द्र टोलका दिपक विकलाई असोज ६ गते बँदेलले आक्रमण गरेको थियो । घर अगाडि बँदेलको आक्रमणबाट घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको वडाध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो । विकको उपचारका लागि वडाले समेत आर्थिक सहयोग गरेको थियो ।

एकैदिन डेंगुबाट १ हजार ५०४ जना संक्रमित

एकैदिन डेंगुबाट १ हजार ५०४ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७,...

क्यान्सर अस्पतालमा २३ वर्षमा २० लाख बिरामीको उपचार

क्यान्सर अस्पतालमा २३ वर्षमा २० लाख बिरामीको उपचार
चितवन। भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले २३ वर्षमा २० लाख बिरामीलाई सेवा दिएको छ । अस्पतालले सन् १९९९ देखि सन् २०२१ को डिसेम्बरसम्म १९ लाख ६९ हजार ५७४ बिरामीको उपचार गरेको हो ।   अस्पतालमा सबैभन्दा कम सन् १९९९ मा ७ हजार ९६४ जना बिरामीलाई सेवा दिएको थियो भने सबैभन्दा बढी सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना बिरामीको उपचार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार सन् २००० मा ४७ हजार ७०८, सन् २००१ मा ४७ हजार ९२६, सन् २००२ मा...