गैँडाकोट । विजयादशमीको अवसर पारेर राजधानी उपत्यका सहित विभिन्न जिल्लाहरुबाट नवलपुर हुँदै जाने सवारीसाधनहरुको चेकजाँच तथा अनुगमनलाई प्रहरीले तिव्रता दिएको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटले मंगलवार राजमार्गमा लामो दुरीका लागि छुटेका सवारीसाधनहरुको अनुमगन गरेको छ ।

लामो दुरीका  लागि छुटेका यात्रुबाहक बसमा दुईजना चालक भए नभएको, यात्रुहरुले सिटमा बसेर यात्रा गरे नगरेको तथा सवारी साधनको अवस्थाको बारेमा प्रहरीले छड्के जाँच गरेको हो ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको योजना अनुसार सवारीसाधनमा अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार लामो दुरीमा चल्ने अधिकासं सवारीसाधनले दुईजना चालकको ब्यवस्था गरेको पाइएको बताउनुभयो ।

त्यस्तै केहि यात्रुबाहक बसमा सिटसंख्या भन्दा धेरै यात्रुहरु राखेको पाइएकोले त्यस्ता बसका चालकलाई सचेत गराउनुका साथै कारबाही गरिएको जानकारी दिनुभयो । अनुगमनका क्रममा प्रहरीले बसमा यात्रा गरिरहेका यात्रुुहरुलाई बसको अवस्था, दुुईजना चालकले आलोपालो चलाएको या नचलाएको तथा यात्रुहरुलाई गर्ने ब्यवहार र बढि भाडा लिएको या नलिएको जस्ता जिज्ञाशा समेत राखेको थियो ।

 

तपाईको प्रतिक्रिया