×

चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले नेपालीहरुको महान पर्व दशै, तिहार, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।नारायणगढको मुख्य कार्यालयको इमेज हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा इमेजका विद्यार्थी, कर्मचारी र शिक्षकहरुको सहभागिता रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोेल्दै इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले धार्मिक र साँस्कृतिक महत्व बोकेका चाडपर्वलाई सभ्य रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले चावबाडको समयमा खानपानमा विशेष ध्यान पुर्याउनुपर्ने भन्दै विद्यार्थीहरुलाई स्वास्थ्यको समेत ख्याल गर्न आग्रह गर्नुभयो ।

ईमेजका निर्देशक सुजिना बुढाथोकीले हरेक वर्ष जस्तै यसवर्षपनि इमेजले दशै ,तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना साटासाट गरेको बताउनुुभयो ।शुभकामना आदानप्रदान कार्यक्रममा इमेज इन्सिटिच्यूटका म्यानेजर कपिल बुढाथोकी, वरिष्ठ जापनिज भाषा शिक्षक सागर बुढाथोकी, इमेज मेघौली शाखाका प्रमुख बद्री पौडेल सहित इमेजका विद्यार्थी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उता ईमेजको गोर्खा शाखामा शुक्रवार जापनिज पोशाक (किमानो) लगाएर विद्यार्थीहरुका विचमा प्रतिष्पर्धा गराइ पुरस्कार वितरण गरिएको छ । इमेज इन्सिटिच्यूट गोर्खा शाखाका प्रमुख आशिका रसाईलीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका गोरखा , चनौली र मेघौलीमा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया