सविना लामिछाने

गैँडाकोट । नवलपुरको प्रगतीनगरमा रहेको जुग्नु पाउरोटी उद्योगमा जिल्ला अनुुगमन समितिले छापा हानेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुगमन टोलिले पाउरोटी उद्योगमा आज साँझ छापा हानेको हो ।

अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख प्रहरी निरिक्षक भिमसेन घिमिरे सहितको प्रहरीको टोलीले पाउरोटी उद्योगका संचालक रफी अहमदलाई पक्राउ गरेको छ । सो क्रममा उद्योगमा रहेको २२ बोरा मैदा, बेकरी, पाउरोटी, समोसा र क्रिमरोल समेत बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया