×

Month: September 2022

पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश

पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो। यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए।

गुणस्तरमा अब्बल “आक्वा पीयूष” सफलताको १३ औँ वर्षमा प्रवेश

गुणस्तरमा अब्बल “आक्वा पीयूष” सफलताको १३ औँ वर्षमा प्रवेश
गैँडाकोट। १२ वर्षअघिदेखी पूर्वी नवलपरासीको गैँडाकोटबाट शुद्ध पिउने पानी उपलव्ध गराउदै आएको आक्वा पीयूषले आफ्नो गुणस्तरलाई बृद्धि गर्दै लगेको छ ।सुमन मिनिरल वाटर एण्ड वेभरेज उद्योगका प्रवन्धक सोम प्रसाद काप्रीले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै आफ्नो उद्योगले आक्वा पीयूषको गुणस्तरलाई बढाउदै लगेको बताउनुभयो । उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गर्दै आक्वा पीयूषले म्याग्नेसियम, पोटासियम जस्ता मिनिरल्सहरु थप गरेको छ उहाँले भन्नुभयाे - अत्याधुनिक प्रविधी साथै स्वाचालित मेसि...

चितवनबाट बच्चा चोरी गरेर लैजाँदै गरेको अवस्थामा भारतीय महिला पक्राउ

चितवनबाट बच्चा चोरी गरेर लैजाँदै गरेको अवस्थामा भारतीय महिला पक्राउ
चितवन । चितवनमा बच्चा चोरी गरेर लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ परेकी छिन् ।भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जानगरबाट ४ बर्षिय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा भारतको रहसी बस्ने ३८ वर्षीया अनिता पाललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पुर्याएकाे देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेकी पालमाथि अपहरण तथा शरीर बन्धक सम्वन्धी मुद्धामा कारबाही गरिने प्रहरीले जनाएको छ ।पछिल्लो समय बच्चाचोरीका खबरहरु आ...

संविधानको संरक्षकलाई दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

संविधानको संरक्षकलाई दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन
काठमाडौं ।   उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि अस्वीकार गरेकोमा आलोचना भइरहेको छ। यसबारे उपराष्ट्रपतिले बुधबार विज्ञप्ति जारी गर्दै संविधान ...

नवलपुरलाई पोखरासँग जोड्ने सडक निर्माण सुस्त,तेस्रो पटक म्याद थपियो

नवलपुरलाई पोखरासँग जोड्ने सडक निर्माण सुस्त,तेस्रो पटक म्याद थपियो
नवलपुर । नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणले गति लिन सकेको छैन । नवलपुरको कावासोतीस्थित फलफूल चोक–बोझापोखरी–हुँदै कोखेटारसम्म निर्माण गर्ने भनिएको सडक निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ । विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सक्नुपर्ने थियो । तर त्यसयता तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो चैत मसान्तसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर राजेन्द्र ...

एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार चुक्यो

एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार चुक्यो
काठमाडौं । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकार चुकेको बताएको छ ।नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’ एमालेले डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका वि...

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर
नवलपुर ।  दूध, मासु र अण्डामा नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईँका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने म्याद सकिएको छ। पहिलोपटक फिर्ता गरेको विधेयक संसदका दुवै सदनले पास गरेर फेरि प्रमाणीकरण गर्न पठाएमा १५ दिनभित्र राष्ट्रपतिले पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यसपटक प्रमाणिकरण नगर्ने छुट राष्ट्रपतिलाई संविधानले दिएको छैन। संसदले प्रमाणीकरण गरेर दोस्रोपटक राष्ट्रपतिकहाँ पठाएको मंगलबार (आज)  राति १२ बजे १५ दिन पुगेको छ। उनले संविधान उल्लंघन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेकी हुन् वा संविधानले ...

वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल प्रवल जनसेवाश्री पदकबाट विभुषित

वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल प्रवल जनसेवाश्री पदकबाट विभुषित
चितवन । नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी उमाशंकर अग्रवाललाई प्रवल जनसेवाश्री पदकबाट विभुषित गरिएको छ । लामो समयदेखि समाजसेवाको माध्यमबाट समाजमा अपुरणीय योगदान दिएको भन्दै नेपाल सरकारले संविधान दिवशको अवसरमा अग्रवाललाई प्रवल जनसेवाश्री पदकबाट विभुषित गरेको हो । भरतपुर महानगरपालिका वडा नं. १ निवासी अग्रवाल समाजसेवाको क्षेत्रमा परिचित नाम हो । उहाँ बागेश्वरी आध्यात्मिक परिषदको सल्लाहाकार, पतान्जली योग समिति चितवनको सल्लाहकार, हाम्रो घ...