काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी खोसेकोप्रति लक्षित गर्दै उनले त्यो काम अधिनायकवादी काम भएको बताए ।

एमाले निकट राष्ट्रिय युव संघ नेपालको राष्ट्रिय प्रचार भेला कार्यक्रममा ओलीले आफूले कसैको पक्ष नलिएको तर सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको बताए ।अधिनायकवादको विरोधम आफू ५० वर्षअघिको वैंश निकालेर लड्न तयार भएको भन्दै ओलीले अधिनायकवादको विरुद्ध कडा प्रहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।‘

एक दुई जनालाई लहड चल्यो भने, लोकतान्त्रिक अध्यास मिचेर गैरकानुनी ढंगले चल्न पाइन्छ ? ’ उनले भने, ‘उनीहरुका यस्ता गतिविधिविरुद्ध हामी नबोलेर को बोल्छ, त्यसकारण मैले भनेको हो, कडा प्रहार आवश्यक छ ।’

तपाईको प्रतिक्रिया