सालिकराम कोइराला
काठमान्डौ । समुदायमा आधारित वन सहजकर्ता संजाल, नेपाल (कफ्सन) को पाँचौ राष्ट्रिय महाधिवेशन बिना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय केन्द्रिय कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ ।महाधिवेशनको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले वन क्षेत्रको नीति निर्माण र सहजिकरणमा कफ्सनको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संजालको गतिविधिको सह्राना गरिन् ।
महाधिवेशनमा वन क्षेत्र र स्थानीय समुदाय बिचको अन्तर सम्वन्धका सवाल तथा संजालको भावि कार्यदिशा बारे कार्यपत्र प्रस्तुत गरिएको थियो। कफ्सनको देशैभरिका प्रतिनिधि र सरकारी तथा गैर सरकारी संघ,संस्थाका महानुभावले कार्यपत्र उपर आ-आफ्ना धारणा राखेका थिए ।कफ्सनमा रहेका १३ जना सदस्य तथा पदाधिकारीहरू गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको हुँदा सबैलाई संजालको तर्फबाट सम्मान व्यक्त गरिएको थियो ।
काठमाडौंमा असौज १ र २ गते आयोजित महाधिवेशनले कफ्सनको उपाध्यक्षमा छिन्डुम मेनक्पा भोटे,महासचिव श्यामकृष्ण श्रेष्ठ, उप-महासचिव डिल्लि गिरी र कोषाध्यक्षमा सुदिल गोपाल आचार्यलाई निर्वाचित गरेको छ । कमल गौतमको संयोजकत्वमा ३ सदस्यिय अनुगमन समिति चयन गरेको छ। महाधिवेशन संजालकि अध्यक्ष अप्सरा चापागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।



















उज्यालो खबर










