×

नवलपुर । नवलपुरको कावासोतीबाट एक बाल हराएका छन् । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय समता बोडिङमा पढ्ने आशिष स्कुल ड्रेस लगाएर लगाएर घरबाट हिडेकै अवस्थामा हराएका हुन् ।

बेपत्ता भएका बालकको अवस्था यो समाचार तयार पार्दा सम्म अज्ञातनै छ । तपाई पाठकमध्ये कसैले बालकलाइ देख्नु वा भेट्नुु भएमा जिल्ला प्रहरी कार्यालय नवलपुरको मोबाइल नम्बर ९८५७०९०३४४ अथवा आमा राधा श्रेष्ठको मोबाइल नम्बर ९८६१००६७९६ मा सम्र्पक गरेर सहयोग गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया