
काठमान्डौ । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी शेर्पा, प्रेम वाइव र लक्ष्मी थापा रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथिमा पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका थिए भने पार्टीका कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ विशिष्ठ अतिथि रहेका थिए ।
माथिल्लो समितिमा रहेका नेताहरु तल्लो समितिमा रहन नमिल्ने विधानको व्यवस्था कार्यान्वयन गर्न समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जनाए । यस अघि बाबुराम भट्टराई पक्षका कारण उक्त प्रावधान कार्यान्वयन हुन नसकेको अबस्था थियो ।