चितवन ।  चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ ले वडामा किशोरकिशोरी र बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ ।बुधबार बसेको वडा प्रतिनिधि, सर्वदलीय प्रतिनिधि, संघसंस्था तथा बुद्धिजीवीहरुको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले वडाभित्र सञ्चालित होटल तथा किराना पसल व्यवसायीले वडाको निर्णय कडाइका साथ पालना गर्न निर्देशन गरेको छ । निर्णय अवज्ञा गरे कारबाही गरिने समेत बैठकमार्फत् चेतावनी दिइएको छ ।

वडा अध्यक्ष केदार आचार्यले बालबालिका र किशोरकिशोरी सूर्तीजन्य तथा मादक पदार्थको कुलतमा नफसुन् भन्ने उद्देश्यका साथ यस्तो नियम बनाइएको बताए । उनले वडालाई सभ्य र सुसंस्कृत बनाउन चरणबद्ध कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया