नवलपुर । पछिल्लो समयमा विद्यालयहरुले सिकाइलाई किताबी ज्ञानमामात्र सीमित नराखी व्यवहारिक ज्ञान सिकाइलाई पनि उत्तिकै महत्त्व दिँदै आएका छन् र यस्तै व्यवहारिक एवम् जीवनोपयोगी ज्ञान दिँदै आएको छ विजय सामुदायिक शिक्षा सदन गैँडाकाेटले ,
विद्यार्थीहरूलाई नेपाली संस्कृतिको महत्त्व बुझाउँदै यस्ता संस्कृतिको जगेर्ना गर्नका लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ आज परेको नाग पञ्चमीको अवसरमा विद्यार्थीको प्रत्यक्ष उपस्थिति र सहभागितामा विद्यालयको मूल ढोकामा नागको तस्बिर टाँसी विधिवत् रुपमा पूजा गरी नागपञ्चमी पर्व मनाइएको विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठले जानकारी दिनुभयो।
विद्यार्थीहरुलाई यस पर्वकाबारेमा धेरै कुराको जानकारी होस् भनी सोमबार नै विद्यालयमा नागको चित्र बनाउने प्रतियोगिता सम्पन्न गरी उक्त प्रतियोगितामा विद्यालय प्रथम भएको नागको चित्रलाई विद्यालयको अफिसको ढोकामा साथै हरेक कक्षाको सेक्सन प्रथम हुने नागको चित्रलाई उक्त कक्षाकै ढोकामा स्वयम् विद्यार्थीद्वारा टाँस गरी नाग पञ्चमी मनाइएको थियो । यसरी विद्यालयमै नाग पञ्चमी मनाउँदै यस पर्वका बारेमा धेरै कुरा सिक्न पाएकोमा विद्यार्थीहरु निकै खुसी भएका थिए।

उज्यालो खबर