भरतपुर । निजि विद्यालयहरुको छाता संगठन (बेस) को आयोजना चितवनको भरतपुरमा अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा कुल १२ ट्रफिमध्ये ७ वटा ट्रफि अङ्कुरम् का विद्यार्थीहरुले हात पारे । जसमा ३ जनाले प्रथम ,२ जना द्धितिय र १ जना तृतीय हुन सफल भए ।

२५ मिटर पौडी प्रतियोगितामा छात्रातर्फ अङ्कुरम् एकेडेमीका डेजी गुरुङ प्रथम, अङ्कुरम् एकेडेमीकै कल्की काफ्ले द्धितीय र बालकुमारी इग्लिस स्कुलकी सुरभी श्रेष्ठ तृतीय हुन सफल भए । यस्तै छात्रतर्फ अङ्कुरम् एकेडेमीका कुनाल श्रेष्ठ प्रथम, ग्लोरियस एकेडेमीका पवन गुरुगं द्धितिय र प्रेरणा बोडिगं स्कुलका समर श्रेष्ठले तृतीय स्थान हासिल गरे ।

यस्तै साढे १२ मिटरको पौडी प्रतियोगितामा छात्रातर्फ प्रथम भविता ढकाल, द्धितीय आर्याना डियो,र तृतीय आर्शिया खनाल हुन सफल भए । यी तिनैजना अङ्कुरम् एकेडेमीका विद्यार्थी हुन् ।छात्रतर्फ रोचक नेपाली नवयुग इग्लिस स्कुल प्रथम, प्रमित अर्याल अङ्कुरम् एकेडेमी द्धितिय, आयुस भुजेल गुरुकुल सेकेन्डरी स्कुलका विद्यार्थीले तृतीय स्थान हात पारे ।

१देखि ५ सम्मका विद्यार्थीका लागि साढे १२ मिटर ,६ देखि १० कक्षा सम्मका लाई २५ मिटरको दुरीमा पौडी गराइएको हो । प्रतियोगितामा २५ विद्यालयका ७२ जना विद्यार्थीले भाग लिएका थिए । आफ्नै विद्यालयको पौडी पोखरीमा प्रतियोगिता भएकाले पनि अन्यलाई भन्दा अङ्कुरम् का विद्यार्थीहरुलाई सहज भएको थियो । विद्यार्थीहरुलाई जीवनउपयोगी सीप सिकाउने उद्धे्रश्यका साथ बेसले कार्यक्रम आयोजना गरेको हो । जसलाई अङ्कुरम् ले सहयोग गरेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितीका संयोजक परमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले हरेक विषय बस्तुमा प्राक्टिल रुपमै फिल्डमै विद्यार्थी लगेर व्यवहारिक ज्ञान दिदैं आएको अङ्कुरम् को खुलेर प्रसंसा गर्नुभएको थियो । अङ्कुरम् ले विद्यार्थीहरुलाई पढाउने शैलीको रविभिन्न समयमा गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक र शारिरिक विकासमा थप मद्धत पुगेको उहाँको भनाई थियो ।

बेसका अध्यक्ष इन्दे्रस शाहको अध्यक्षतमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि मेट्रो प्याब्सन भरतपुर महानगरपालिकाका अध्यक्ष लेखनाथ खनाल, अङ्कुरम् का कार्यकारी निर्देशक नवराज पौडेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिती रहेको थियो । प्रतियोगिता अङ्कुरम् एकेडेमी भरतपुरको पौडी पोखरीमा भएको हो ।

तपाईको प्रतिक्रिया