चितवन। लक्की मिडिया प्रा.लिद्वारा सञ्चालित चितवन खबर  १२औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोउत्सवको विभिन्न कार्यक्रम मध्ये आज  तारापुञ्ज रिसोर्टमा चितवन खबरले टिसर्ट सार्वजनिक गरेको छ । तारापुञ्ज रिसोर्टमा भएको कार्यक्रममा लक्की मिडिया प्रा.लिका कर्मचारी, पत्रिका अनलाईनका पाठक एवं विज्ञापनदातालाई टिसर्ट वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डाक्टर गुरु शरण शाहको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले १२ वर्षमा प्रवेश गरेकोमा चितवन खबर पत्रिकालाई शुभकामना सहित आगामि दिनमा सफलताको कामना गर्नुभयो । कार्यक्रमका अतिथि युवा व्यवसायी दिपक बस्नेतले १२ औ वर्षसम्म चितवन खबर पत्रिकाले गरेका कामको प्रशंसा गर्नुभएको थियो ।लक्की मिडियाका महाप्रबन्धक हरि कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया