नवलपुर । नव वर्ष २०७९ को पावन अवसरमा  चितवन ईलेक्ट्रोनिक्स टेक्निसियन एसोसियसन  द्वारा मौलाकालीका मन्दिर सरसफाई र तथा  शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष निपेश सापकोटाको अध्यक्षतामा मौलाकालिका फेदिदेखि मन्दिर परिसरसम्म पुर्ण रुपमा सरसफाई गर्ने कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा अध्यक्ष निपेश सापकोटा, सचिव मेघाराज पाठक, कोषाध्यक्ष सुशिल तथा सदस्यहरु डिल्लिराम दाहाल, सादन गिरि, बिश्वराम मैनाली, बिष्णु अधिकारी ,श्रीकृष्ण उप्रेती, रामचन्द्र लामिछाने, राजन अधिकारी , केशव काफ्ले , तुल्सीराम निउरे, परशुराम पौडेल, सिद्दिलाल साह, जय पहरी, सोमबहादुर गुरुङ्ग, कृष्ण पौडेल , शिवराज बास्तोला, सन्तोष देवकोटा, दोष थापा, बिष्णु चालिसे, अनिल बम्जन, नारायण काफ्ले, लोकनाथ गौतम, निरोज नेपाल, तुल बहादुर गुरुङ्ग, बिष्णु श्रेष्ठ लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

सरसफाइ सकिएलगतै दुई वटा वाल्टिन र सातवटा कुचाहरु मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको अध्यक्ष निपेश सापकोटाले जानकारी दिए। अन्तिममा सरसफाइ सकिएपश्चात मौलाकालिका मन्दिर ब्यवस्थापन समितिले हामीहरुलाई बिहानको खाना खुवाउनुका साथै कामको धेरै नै तारिफ गर्दा तल फेदीदेखि माथि मन्दिरसम्म सरसफाइ गर्दाको थकान उहाँहरुको आत्मिय आतिथ्यताले बिर्साइदिएको सचिव मेघराज पाठकले बताए । समग्रमा यस कार्यक्रम निकै सन्देशमूलक भएको कार्यक्रम सञ्चालक जय पहाडीले बताए ।

तपाईको प्रतिक्रिया