×

माडी । माडी नगरपालिका वडा नं ९ हनुमानझुला, भालु खोला, श्रीदमार र गोवन्दबस्तीका विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि शनिबार कापी सहयोग गरिएको छ ।सञ्चारकर्मी नारायण सापकोटाले प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं जिल्ला अधिवेशनका अवसरमा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट प्राप्त पुरस्कारको रकमबाट विपन्न परिवारका विद्यार्थीहरुलाई कापी सहयोग गरिएको हो ।

कापी हस्तान्तरण गर्दै ‌माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतोले विपन्न परिवारका विद्यार्थीहरुका लागि सहयोग गर्ने सहयोगी नारायण सापकोटाप्रति धन्यवाद ज्ञापन गर्दै सहयोगले बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।सोही वितरण कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले विकासको आधारनै शिक्षा भएको हुनाले विकासको लागि बालबालिकाको शिक्षामा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो पुरस्कारको रकम बालबालिकाको लागि सहयोग गर्ने सहयोगीप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सहयोगको कापी ग्रहण गर्दै माध्यमिक विद्यालय हनुमानझुलाका पुर्व प्रधानाध्यापक एजी परियारले अहिलेको विषम परिस्थितिमा आएको कापीले विपन्न परिवारका विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्ने बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा आधारभूत विद्यालय भालु खोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुठबहादुर भुजेल, आधारभूत विद्यालय शिरुदमारका अध्यक्ष भक्तबहादुर प्रजा, आधारभूत विद्यालय गोविन्बस्तीका प्रअ विश्वनाथ घिमिरे, शशस्त्र प्रहरी बल बाँदरझुलाका प्रहरी निरीक्षक गोविन्द खड्का, समाजसेवी मानबहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

सञ्चारकर्मी एवम् शिक्षक नारायण सापकोटाले माडीका विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई स्टेशनरी सामान र ड्रेसको अभाव भएकोले सहयोग गर्न सहयोगी महानुभावहरुलाई हार्दिक अनुरोधसमेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया