
नवलपुर । गैंडाकोटको जनक माध्यमिक विद्यालयको प्रा।वि। तहमा अध्ययनरत १६ जना छोरीहरुलाई उपहार प्रदान गरिएको छ ।
न्यानो कपडा सहित स्टेशनरी सामाग्रीले भरिएको झोला उनीहरुलाई उपहार स्वरुप वितरण गरिएको हो । त्यसै विद्यालयका पूर्व विद्यार्थी गैंडाकोट नगरपालिका वडा नम्बर ४ निवासी भुवन तिमिल्सिना उहाँको श्रीमती शिलु भट्राई सहित नेदल्याण्ड निवासी भिन्सेन्ट र फेर्दा मार्फत विद्यार्थीहरुलाई उपहार प्रदान गरिएको थियो ।
मंगलबार एक कार्यक्रमका विच गैंडाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, वडा सदस्य संगिता घिमिरे, तेज प्रसाद घिमिरे , समाजसेवी टोलनाथ घिमिरे, शोभाखर रिमाल, कृष्णप्रसाद पराजुली, आमा समुहकी अध्यक्ष मिरा घिमिरे सहितको उपस्थितिमा विद्यालमा अध्ययनरत विपन्न १६ छात्रालाई उक्त उपहार प्रदान गरिएको थियो ।
उपहारमा झोला भित्र लेख्ने तथा चित्रकला कापी, कलम , कुट, ज्यामिती बक्स सहित सुइटर लगाएतका न्यानो कपडा थियो । सहयोगी सिलु भट्राईले आगामी दिनमा समेत विद्यालयलाई अवश्यक सहयोगमा निरन्तर जोडिने बताउनु भयो ।
२०१५ सालमा स्थापना भएको जनक माध्यमिक विद्यालयको प्राविमा मात्र ३ सय ७० विद्यार्थी अध्यनरत छन् । कार्यक्रममा विद्यालयका प्रावि शाखा प्रमुख बामदेव घिमिरेले आफ्नो विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।