×

चितवन । रुखबाट लडेर मेरुदण्ड भाचिएका पासाङ निमा शेर्पा लाई एनआरएनए सेसेल्सले आर्थिक सहयोग गरेको छ ।रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी ४६ वर्षका शेर्पाको उपचारका लागि एनआरएनए सेसेल्सले दुई लाख छ हजार एक सय सन्तानब्बे रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

एनआरएनए सेसेल्सका पंजीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले बुधवार अस्पतालमै पुगेर विरामीका परिवारलाई रकम हस्तान्तरण गरेका हुन ।२ बर्ष अगाडि रुखबाट लडेर मेरुदण्ड भाँचिएको शेर्पाको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको छ । मेरुदण्ड भाँचिएपछि निरन्तर अस्पतालमा उपचार गराईरहेका शेर्पाले अहिले सम्म झण्डै बिसलाख रुपैयाँ सकिएको उनको परिवारले बताए ।

अझै सम्म शेर्पाको स्वास्थ्य अवस्था सुधार भएको छैन । विपन्न परिवार भएकाले स्वास्थ्य उपचारमा आर्थिक अभाव झेल्दै आएका छन् । आफन्तो धन सम्पतिले पनि उपचार गर्न नपुगेपछि परिवार, आफन्तहरुको पनि आम्दानीको स्रोत नहुँदा ऋण खोजेर उपचार गराउँदै आएका छन् ।
काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारत छन्। उनको परिवारले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगको लागि अनुरोध गरिरहेका छन् ।
शेर्पालाई आर्थिक सहयोग गर्न इच्छुक ब्यक्तिहरूले निम्न फोन नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।

सम्पर्क नम्बर : +9779866458936, 9843153347,9864200556
रकम सहयोगका लागि बैक खाता यस प्रकार छ।
खातावालाको नाम: pema wangyal sherpa

सनराइज बैक- बैंक खाता नम्बर:1160672436205001

तपाईको प्रतिक्रिया