×

तनहुँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल सर्वसम्मत चयन भएका छन् । तनहुँको डुम्रेमा भएको युवाहरुको वृहत भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहेका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका कमिटी गठन गरेको हो । कमिटीको सहअध्यक्षमा जगलाल थापा चयन भएका छन् ।

भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिव विकास अधिकारीले युवा संघलाई युवाहरुको आर्कषणको केन्द्र बनाइने बताए । राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बन्दीपुर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा संघका कमिटीहरु गठन गरेर संगठनलाई व्यवस्थित र चुस्त बनाएर जनताको सेवामा लाग्ने बताए । भेलामा तीनसय युवा सहभागी थिए

तपाईको प्रतिक्रिया