नवलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवचुली नगर सदस्य तथा गोर्खा ब्रुअरी प्रा।ली।गैडाकोट – १०, नवलपुरको मजदुर ट्रेड यूनियन इकाईका उपाध्यक्ष विवेक अधिकारीलाई नेकपा एमाले निकट मजदुर संगठन र युवा संघको सदस्य हुँ भन्दै हुम बहादुर गुरुङले ज्यान मार्ने धम्की सहित पार्टी र वाईसिएल नेपाललाई जोडेर गाली गलौज गर्ने कार्य गरेकोप्रति वाईसिएल, नवलपुरले आपत्ति जनाउँदै एक विज्ञप्ति प्रकाशन गरेको छ ।

यस्तो अत्यन्तै घोर निन्दनीय र आपत्तिजनक क्रियाकलाप गर्ने, अराजक अपराधी र गैर राजनीतिक व्यक्तिलाई यथासिघ्र पक्राउ गरी कानुनी कठघरामा उभ्याउन जिल्ला प्रशासन कार्यालय नवलपुरलाई आग्रह गरेको छ ।

वाईसिएल नवलपुर जिल्ला संयोजक तथा केन्द्रीय सदस्य चन्द्र बहादुर रानाभाटद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि डाक, डर धम्किप्रति कडा प्रतिरोध गर्दै गलत हर्कतका विरूद्ध आवश्यक परे जुन सुकै प्रकारको कारवाही गर्न पछि नपर्ने भन्दै कडा चुनौती दिएको छ ।

 

तपाईको प्रतिक्रिया