उज्यालो ब्यूरो । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नंं २ प्रदेश सभा १ को क्षेत्रीय सभापतिमा युवा नेता रोमलाल खनालले आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ ।
काग्रेसको १४ औं महाधिवेशनमा नेता खनालले सभापतिका रुपमा आफुुलाई उभ्याउदै काग्रेसलाई बलियो बनाउन आफुले उमेदवारी दिने पत्रकारहरुलाई जानकारी दिनुभयो । युवा नेता खनाल हालका सचिव समेत हुनुहुन्छ ।
तीन दशक लामो निरन्तर स्वयमसेवक निष्ठा स्वाभिमान र कार्यको अभियान शशक्त जुझारु संगठन निर्माण कार्यका लागी हार्दिक अपिल सहित सबैको मतदान भन्ने नारा लाई केन्द्रित गरी प्रदेश सभामा निर्वाचीत गर्न पार्टीका अगुवा जिम्मेवार प्रतिनिधि लाई यस प्रदेशमा निरन्तर अभिछिन्न रुपमा दुई कार्यकाल सचिवको अर्थपूर्ण जिम्मेवारी पुरा गरेको भन्दै नेता खनालले अव सभापति पदमा रहेर सेवा गर्ने उदेश्य आफ्नो भएको बताउनु भयो ।
महाराजगन्ज र बुद्धभुमी नगरपालिकाका १७ वडाका क्षेत्रीय प्रतिनिधहरुले आफुलाई मत न मन दुवै दिने विश्वास व्यक्त गर्दै उहाँले मतदाताको समान्नलाई खेर जाने नदिने बताउनु भयो ।