×

गोविन्द घिमिरे
तनहुँ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभाग अन्तर्गत तनहुँ जिल्लाका स्थानीय निकायमा कार्यरत एम आईएस अपरेटर तथा फिल्ड सहायकहरुले “एमआईएस अपरेटर तथा फिल्ड सहायक” हकहित मञ्च गठन गरेका छन् ।
जिल्लाका १० वटा स्थानीय निकायमा कार्यरत एम आईएस अपरेटर तथा फिल्ड सहायकहरुको आईतबार बन्दीपुरमा भएको भेलाले म्याग्दे गाउँपालिकामा कार्यरत एमआइएस अपरेटर एक कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय मञ्चको गठन गरेको हो ।
नवगठित मञ्चको उपाध्यक्षमा भिमाद नगरपालिकाका एम आईएस अपरेटर प्रमिला गैरे, सचिवमा बन्दीपुर गाउँपालिकाका एम आईएस अपरेटर सुरज भट्टराई, कोषाध्यक्षमा देवघाट गाउँपालिकाका एम आईएस अपरेटर सम्झना खत्री, सहसचिवमा ब्यास नगरपालिकाका एम आईएस अपरेटर बिबेक गुरुङ रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा भानु नगरपालिकाका सुमन श्रेष्ठ, शुक्ला गण्डकी नगरपालिकाका श्रीराम शर्मा, रिसिगं गाउँपालिकाका दिल कुमारी थापा , देवघाट गाउँपालिकाका शान्ता गुरुङ्ग , घिरिङ गाउँपालिकाका सविता राना र आँवुखैरेनी गाउँपालिकाका अनिशा अधिकारी रहनु भएको छ ।
मञ्चले एम आईएस अपरेटर तथा फिल्ड सहायकहरुको हकहितको लागि पहल गर्नुका साथै माथिल्लो निकायसँग समन्वय गरि अघि बढ्ने अध्यक्ष एक कुमार श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग मातहत रहेर देशका सबै स्थानीय तहहरुमा कार्यरत एम आईएस अपरेटर तथा फिल्ड सहायकहरुले महत्वपूर्ण काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया