×

काठमाडौं ।

निजि वायुसेवा कम्पनी गुण एयरलाइन्स ले नेपाली आकाशमा आफ्नो नियमित उडान असोज १गते देखि शुरूवात गरेको छ ।आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट 1900 द्वारा नियमित उडान भरतपुर बाट उडान शुरु गरेको हो।आगामी केही दिनभित्र नै थप गरिएको जेट्स्ट्रीम जहाज द्वारापनि हवाइ उडान थाल्ने गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्रि प्रमुख प्रज्वल थापा बताउनुहुन्छ ।

उडान को सुरुवातमा काठमाडौ बाट पोखरा र भरतपुर (चितवन)को उडान सुरु भएको हो भने उडानको केही दिनपछी नै अन्य गन्तव्य सिमरा, भैरहवा , तुम्लिङटार ,जनकपुर , नेपालगन्ज , सुर्खेत र बिराटनगर को लागि उडान भर्नेगरि तयारी गरिएको छ।नेपाली हरुको महान चाड दशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने थापा बताउनुहुन्छ।कोभिड महामारीको बिच आफू हरु नेपाली यात्रु हरुका लागि सेवा दिन तयार रहेको र बर्तमान हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसारको तयारी थालेको छौ।

गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रु हरुको लागि बातानुकुलित दुइवटा विद्युतीय बसको समेत संचालन गरेको छ आन्तरिक विमानस्थलमा पहिलोपटक विद्युतीय बस सन्चालन गर्ने गुण एयरलाइन्स पहिलो निजि वायुसेवा कम्पनी भएको छ

तपाईको प्रतिक्रिया