
नवलपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारीका लागि गैँडाकोट ६ मा आज वडा भेला बसेको छ । भेलाले वडा सभापतिका लागि प्रकाश भुसाललाई सर्बसम्मत उम्मेद्वार बनाउने निष्कर्ष निकालेको वडा सभापति हिमलाल सापकोटाले बताउनुभयो । भुसालले वर्तमान वडा कार्यसमितिमा सचिव पदमा रहेर काम गर्नुभएको छ ।
अन्य पदाधिकारी तथा प्रतिनिधि छनौटका लागि वडा सभापति हिमलाल सापकोटा को संयोजकत्वमा समितिमा लक्ष्मी प्रसाद सापकोटा र नरहरि सापकोटा छन् । वडाको अधिवेशन भदौ २१ गते हुनेछ ।