दमौली । नेपाली काँग्रेस युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारितका अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नु भएको छ ।पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा सोमबार नेता मौरतीले १० हजार १५० रुपियाँ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तर गर्दै मौरतीले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति गरेको स्मरण गर्नु भयो ।
साथै नेता मौरतीले समाचार लेखेको कारण मानसिक तनान समेत बानियाले भोग्न बाध्य भएको बताउनुभयो । बानियाँ निर्भिक पत्रकार भएको उल्लेख गर्दै मौरतीले अक्षयकोषले बानियाको योगदानलाई स्मरण गराउने हुँदा भावी पिढींलाई उहाँले पु¥याएको योगदानको बारेमा जानकारी लिन मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ ।
पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गर्नु भएको थियो ।बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला पर्नु भएको । बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पत्रकार बानियाँ भानु नगरपालिका–१३ मिलुङमा २०२७ सालमा जन्मिनु भएको थियो ।