दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्षमाथि स्थानीयले दुर्व्यवहार गरेका छन् ।

गाउँको सडक हिलाम्मे भएर बिरामीलाई लैजाने अवस्था नभएपछि अध्यक्ष नरबहादुर श्रेष्ठमाथि सडकमै दुर्व्यवहार भएको हो ।

श्रेष्ठमाथि दुर्व्यवहार भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

स्थानीय जनकबहादुर तामाङ बिरामी भएपछि काठमाडौँ लैजान लिन आएको गाडी हिलाम्मे सडकमा फसेँको थियो । त्यसपछि बाटो माटो पन्छाएर गाडी निकालिदिन अध्यक्षलाई आग्रह गरिएको थियो ।

मुकुनेबाट बिरामी बोकेर स्टेचरमा ल्याएका आफन्तजन र छिमेकीहरुले आक्रोशमा जोरधारा नजिकै अध्यक्ष श्रेष्ठमाथि दुर्व्यवहार गरेका हुन् । स्थानीय मानबहादुर थोकर तामाङले श्रेष्ठको कठालो समातेका थिए ।

३ घण्टासम्म बिरामी बोकेर लैजानु परेको र अध्यक्षले वेवास्ता गरेका कारण घटना भएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया