×

तनहुँ। सुविधाभोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना जनप्रतिनिधीले चामलको थैलो बोकेर खाद्यान्न अभाव भएका परिवारको घरदैलोमा नै पुगेर उदाहरणीय काम गर्नु भएको छ ।
यस्तो कार्य गर्नेमा व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटा हुनुहुन्छ । वडाध्यक्ष सापकोटाले आफ्ना वडाका अपाङ्गता भएका विपन्न व्यत्ति, पहिरोबाट विस्थापित भएका परिवार, अतिसिमान्तकृत कुसुण्डा, चेपाङ र बोटे समुदायका घरदैलोमा नै पुगेर पाँच दिन सम्म खाद्यान्न बोकेर नै पुग्नु भएको थियो । ‘‘वडाध्यक्ष आफैलै चामलको थैला बोकेर आएको देखेर दङ्ग परेको वडा नम्बर १० को डिहीगाउँ स्थित इन्द्रमाया कुसुण्डा बताउनुभयो । ‘‘टाउकोमाथि चामलको बोरा बोकेर आउँदा शुरुमा वडाध्यक्ष होकि हैन भनेर अलमल परें वडाध्यक्ष नै हुनुहुँदो रै’छ झरीको समेत प्रवाह नगरी आउनु भएको देख्दा निकै खुसी लाग्यो’’ इन्द्रमायाले भन्नुभयो । वडाध्यक्ष सापकोटाले परेका समस्याको बारेमा जानकारी लिएको र भविश्यमा पनि सहयोग गर्ने प्रतिबद्धा गरेको इन्द्रमायाले बताउनुभयो ।

खाद्यान्न वितरण गर्नु अघि वडाध्यक्ष सापकोटा घरदैलोमा नै पुगेर कोभिडले गर्दा दैनिक ज्यालादारीको काम प्रभावित भएको, विपन्नताको कारण पेटभरी खान नपाएका अपाङ्गता भएका व्यक्ति, पहिरोले गर्दा घर विस्थापित भएर समस्या भएको तथ्याङ्क सङ्कलन गर्नु भएको थियो । वडाले गरेको समस्यामा परेकाको तथ्याङ्क सङकलनको आधारमा काठमाडौं स्थित राष्ट्रिय एकिकृत विकास सङ्घ निडासँग नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले शाखाले समन्वय गरी खाद्यान्न वितरण कार्यमा वडाध्यक्ष सापकोटाले आफै भारी बोक्नु भएको हो । अपाङ्गता भएका व्यक्तिहलाई हिडडुल गर्न समस्या पर्ने भएको घरघरमै खाद्यान्न ढुवानीको व्यवस्था मिलाईएको सबै स्थानमा गाडी नजाने भएकोले वडाध्यक्ष सामेल भएर भारी बोक्नु भएको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाका सभापति रामदक्त पौडेलले बताउनुभयो । निडासँग सहकार्य गरी ४७ जना अपाङ्गता भएका व्यक्ति बाँकी, सिमान्तकृत समुदाय र पहिरोबाट विस्थापित भएका १४० जनालाई खाद्यान्न वितरण गरिसकिएको रेडक्रसका दुम्सीकोट उपशाखाका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो ।

निडाले व्यास नगरपालिका वडाम्बर १० का अतिरिक्त वडानम्बर ६ को को शिसाघाट, वडा नम्बर ३ को देउराली नगर, ऋषिङ गाउँपालिका–१को झापुटारका अपाङ्गता भएका ३५ घर परिवारलाईकालाई वितरण गरिसकिएको छ । प्रत्येक घरलाई दुइ हजार पाँच सय मूल्य बराबरको खाद्यान्न वितरण गरिएको छ । म्याग्दे गाउँपालिकाको अपाङ्गता भएका केही व्यक्तिहरुलाई समेत खाद्यान्न वितरण गरिसकिएको रेडक्रसले जनाएको छ ।वडाध्यक्ष अभिभावक भएको हुनाले दुःखमा साथ दिनु पर्छ भन्ने ठानेर चामलको भारी बोकेका वडाध्यक्ष सापकोटा बताउनुहुन्छ । वडाध्यक्ष सँगै रेडक्रस दुम्सीकोट उपशाखाका पदाधिकारीहरु खाद्यान्न वितण कार्यमा खट्नु भएको थियो । कसैले धेरै पटक पाउने र कसैले एक पटक पनि नपाउने अवस्था नहोस् भन्नको लागि वडाको सिफरिसको आधारमा खाद्यान्न वितरण गरिएको लागि मद्धत गरिएको एकिकृत विकास सङ्घ (निडा) का अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो ।

युनेस्को क्लबका अध्यक्ष त्रिपाठी पनि सहभागी

तेस्रो चरण खाद्यान्न वितरण कार्यक्रममा युनेस्को क्लब नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले भारी बोकेर अपाङ्गता भएका व्यक्तिहरुलको घरमा पु¥याउनु भएको थियो । व्यास नगरपालिका वडा नम्बर ४ को पानी ट्याङ्कीमा खाद्यान्न वितरण गर्दै अध्यक्ष तिपाठीले निडा र रेडक्रस दुम्सी शाखाको अपाङ्गता भएका व्यत्तिलाई घर दैलोमा नै पु¥याएकोमा प्रशंशा गर्नु भएको थियो । रेडक्रस दुम्सीकोट उपशाखाका सभापति रामदक्त पौडेल, उपसभापति विष्णुप्रसाद अधिकारी सचिव श्रीकृष्ण आचार्य , सदस्य हरिभक्त अधिकारी, निडाकी प्रतिनिधी सोममाया गुरुङ समेत खाद्यान्नको भारी बोकेर अपाङ व्यक्तिको घरदैलोमा पुग्नु भएको थियो । नेपाल रेडक्रस तनहुँका सभापति कृष्णहरी गैरै अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमा नै खाद्यान्न पु¥याउने कार्य अनुकरणीय भएको बताउनुभयो ।

नवजिवन विकास सहकारी सस्थाद्धारा पनि खाद्यान्न सहयोग

अपाङ्गताहरुको आवद्धता सञ्चालनमा ल्याईएको व्यास नगरपालिका–२ बागबजार दमौली स्थित नव जनविकास वचत तथा ऋण सहकारी सस्थाद्धारा २१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहकारीबाट प्राप्त सहयोग सामग्री पनि नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले समन्वय गरी घर घरमै वितरण गरिएको थियो । सहकारीले म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका अपाङ्गता भएकालाई मद्धत गरिएको हो ।
खाद्यान्न वितरणको लागि नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले निडा तथा नवजनविकास सहकारी सस्थासँग समन्वय गरी सहयोग जुटाएको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखा सभापति रामदक्त पौडेलले जानकारी दिनुभयो । तीन चरणमा गरी प्रति व्यक्ति दुइ हजार पाँच सय भन्दा बढीको करीव ५ लाख मूल्य बराबरको खाद्यान्न वितरण गरिएकोे सभापति पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया