नवलपरासी  । लागु औषध मुद्दामा १० वर्ष एक महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको टोलीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–३ सोमनी घर भएका २२ वर्षीय इन्द्रिजीत बिनलाई पक्राउ गरिएको जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता डिएसपी राजु लामाले  बताए ।

नवलपरासी पूर्वको बिनयत्रिवेणी गाउँपालिकाबाट पक्राउ परेका इन्द्रिजीत बिनलाई २०७५ जेठमा नवलपरासी जिल्ला अदालतले १० वर्ष १ महिना ८ दिन कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । ३ वर्षदेखि उनी फरार थिए । अभियुक्तलाई आइतबार जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइने डिएसपी लामाले बताए ।

तपाईको प्रतिक्रिया