×

भरतपुर । चितवनमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा परि २२ जना घाईते भएका छन ।राप्ती नगरपालिका वडा नं. ११ स्थित चिउरी खोला नजिकै ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एसपी ओम अधिकारीले चारवटा एम्बुलेन्स मार्फत घाईते सबैलाई भरतपुर तर्फ ल्याइएको उज्यालो खबरलाई जानकारी दिए ।११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेको ट्याक्टर सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये केहिको अवस्था गम्भिर रहेको छ ।

तपाईको प्रतिक्रिया