
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ मा नचिनेको मानिसको समूहले गाडीमा आगजनी गरेको छ ।हेटौंडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।आज नेकपा विप्लव समूहले नेपाल बन्दको आव्हान गरेकोले बन्द सफल पार्न आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ।