Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ ।  वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख श्रेष्ठले गएराति आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले आज बिहान ११ बजे बैठक संचालन गर्न आग्रह गरेको भए पनि थप छलफल गर्नुपर्ने भन्दै सभामुख श्रेष्ठ पछि हट्दै आउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिने मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरुले गएको पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।

तपाईको प्रतिक्रिया