Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

देवघाट । तनहुँको देवघाट गाउँपालिका–१ भित्र रहेका दुई बाल विकास केन्द्रका ३८ जना विद्यार्थीलाई स्विटरसहित शैक्षिक सामग्री सहयोग गरिएको छ ।गोपीटर बाल विकास केन्द्रका ९ जना र चेतना बाल विकास केन्द्र बसेनीटारका २९ जना सहित ३८ जना आर्थिक अवस्था कमजोर विद्यार्थीलाई देवघाट गाउँपालिका शिक्षा शाखाको आयोजनामा सुइटर र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बालबालिकाहरु शिक्षाको ज्योतिबाट बञ्चित हुन नदिनको लागि बाल विकास केन्द्रहरु सञ्चालनमा ल्याएको र बिस्तारै बाल विकास केन्द्रहरुलाई विद्यार्थीको संख्या हेरी आधारभूत विद्यालय बनाउने उनले बताए । साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको विकास र शैक्षिक क्षेत्रको गुणस्तरको लागि आफू निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बाल विकास केन्द्रसँगै देवघाट गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको अनुगमन भइरहेको र शैक्षिक सुधार क्रमिक रुपमा अगाडि बढेको बताए । त्यस्तै कार्यक्रममा सरसफाइसम्बन्धी जानकारी भने देवघाट सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारतीले दिएका थिए । कार्यक्रममा देवघाट गाउँ कार्यपालिका सदस्य चन्द्र प्रकाश विक, देवघाट १ नम्बर वडा सदस्य सुन्दर भुजेललगायतको उपस्थिति रहेको थियो । देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

तपाईको प्रतिक्रिया