नेपाली कांग्रेस पार्टीको केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस कपिलवस्तु क्षे.नं २ ले विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षे.नं–२, को आयोजनामा कार्यक्रम महराजगंज नगरपालिका स्थित हाटबजार चोकमा प्रतिनिधि सभा क्षे.नं–२ का सभापति श्री केशवकुमार श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो । विशाल विरोध सभा कार्यक्रम नेनेपाली कांग्रेसका पूर्व पार्टी सभापति श्री सुधाकर पाण्डेले वर्तमान सरकार सर्वसत्तावाट अलोकतान्त्रिक भएकोले सच्चिन आवश्यक रहेकोे बताउनु भयो केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंहले सरकार गैर जिम्मेवार वन्दै जनतालाई धोका दिएको वताउनु भयो ।
नेपाल महिला संघकी जिल्ला सभापति श्री मिना के।सि ले संसद विघटन गर्नु निरंकुस शैलि वाट राज्य संचालन गर्नु कपोल कल्पित झुठ्ठा रहेको बताउनुभयो । सो कार्यक्रममा प्रदेश÷प्रतिनिधि सभा सचिव श्री रोमलाल खनालले वर्तमान कम्यूनिष्ट सरकार ले जनता र देशका विरुद्धमा गम्भिर प्रकृतिका गल्तीहरु गर्दै दुई तिहाईको सवल सरकार वन्दा समेत सासन गर्न कम्युनिष्टहरु असफल भएका छन यो अवधिमा देशमा भएको महगी, भ्रष्टाचार , महिला हिंसा तथा वलात्कार तथा हत्याका घटनाहरुले र संसद विघटनले सरकार संचालन गर्न नसक्ने र अनेकन झुट्टा आश्वासनका फुलिन्दा बाडदै जनतालाई भ्रमित गरेर सत्तामा पुगेको भनि सरकारको अलोचना गर्नु भयो । नेविसंघका रुपक राज खनालले विद्यार्थी हकहितका लागि सरकार गैर जिम्मेवार रहेको वताउनु भयो ।
सो कार्यक्रममा प्रदेश सांसद रिना नेपाल,माला गोतामे,जिल्ला समन्वय समिति संयोजक नारायण प्रसाद खनाल, प्रदेश उम्मेदवार श्री जवाहरलाल चौधरी प्रतिनिधि सभा क्षे.नं २ (ख) सभापति गृजेश कुमार पाण्डे,जिल्ला सदस्य माधव पराजुली,नेपाली कांग्रेसका प्रदेश उपा सभापति हिमलाल न्यौपाने,नेपाली कांग्रेस यशोधरा गा.पा सभापति दिनेश पाण्डे महाराजगंज नगर सभापति रामअचल कुर्मी बुद्धभूमि नगर सभापति माधव दमासे लगायत नेपाली कांग्रेस पार्टीका वडा सभापति, क्षेत्रिय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,नेविसंघ ,तरुण दल,महिला संघ भूपु शैनिक संघ तथा विभिन्न पार्टीका भातृ संघ संस्था का लगायत सयौ जनाको उपस्थितिमा विरोध प्रदर्शन गरेको छ ।कार्यक्रमको संचालन युवा नेता श्री गंगेस नाथ तिवारीले गर्नुभएको थियो ।