Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

देवघाट । देवघाट गाउँपालिकामा आयोजित दुई दिने कृषि आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।गाउँपालिकाले कृषि क्षेत्रमा व्यवसायिक पत्रकार उत्पादन गर्ने उद्देश्यले दुई दिने कृषि आधारभूत पत्रकारिता तालिम दिएको हो ।

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले विश्वसनीय र तथ्यमा आधारित भएर पत्रकारिता गर्न सहभागीलाई सुझाव दिए । ‘देखेको र सुनेको कुराहरुलाई मात्र समाचार बनाउनुहुँदैन’ उनले भने, ‘विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढंगबाट समाचार सम्प्रेषण गर्नुस् ।’ देवघाट गाउँपालिकाले गरेका उदाहरणीय कार्यको समाचार समेत प्रचार प्रसार गर्न उनले आग्रह गरे ।

समापन कार्यक्रममा सहभागी वक्ताले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई आग्रह गरेका छन् । कार्यक्रममा नेपाली काग्रेस देवघाटका सभापति प्रेमबहादुर गुरुङ, देवघाट गाउँपालिका–१ वडाअध्यक्ष भिम बहादुर गुरुङ, देवघाट ४ वडाअध्यक्ष पदमबहादुर गुरुङ, समाजसेवी लेखनाथ पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

देवघाट गाउँपालिका कृषि तथा पशुपंक्षी शाखाको आयोजना तथा दिगो कृषि खबर राष्ट्रिय मासिकको सहआयोजनामा आयोजित पत्रकारिता तालिममा २७ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिमको सहजीकरण तनहुँ जिल्लामा रहेर लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरु प्रकाशचन्द्र भट्टराई, पुर्णचन्द्र विके, सामुदायिक रेडियो देवघाटका प्रमुख सुवास लामिछाने र देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानाले गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीलाई पत्रकार, पत्रकारिता, समाचार लेखन, सम्प्रेषण, सञ्चारमाध्यम, पत्रकार आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया