Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अल्पमत र बहुमतबाट जाने भए एकताको आधार र विधान संशोधन गरेर जान चुनौति दिनुभएको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा उहाले महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तयार हो भनि दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न सोध्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आफु त हरेक पदमा निर्वाचनबाटै लडेर आएको बताउदै तपाई तयार हो भने म पनि तयार रहेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ बहुमत र अल्पमतको विषयमा उहाको विचार

आज तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ । आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ । कित्ताकाट गर्न थाल्नु भएको छ । सम्झिनुहोस्त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी संख्या छ । बहुमतको त्यो अंकगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो रु ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौँ । मैले त पार्टीका हुन्कि राज्यका, हरेक जिम्मेवारी प्रतिष्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ । महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो रु म त तयारै छु ।

तपाईको प्रतिक्रिया