
तनहुँ । प्रहरीले तास खेल्दै गरेका १९ जनालाई पक्रेर मुद्दा दर्ता गरेको छ ।शनिबार बेलुका ब्यास नगरपालिका वडा नं.१ हाईस्कुलटारका रेशम उचैले संचालन गरेको रेष्टुरेण्टबाट स्थानीय १४ जना पक्राऊ परेका थिए ।
यसैगरी शुक्रबार तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ५ ब्राईटचोकमा दिनेशकुमार श्रेष्ठले संचालन गर्दै आईरहेको सिम्रन खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्रेको डिएसपी युवराज तिमल्सेनाले जानकारी दिए ।
भादगाउँ को खालबाट नगद ७४ हजार चार सय ४५ र ब्राइट चोकको खालबाट नगद एक लाख चौतिस हजार तिन सय २० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ १९ जनाविरुद्ध नै छुट्टै जुवा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक तिमल्सेनाले जानकारी दिए ।