×

काठमाण्डौ – नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । शनिबार थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ ।

अब नेपालमा २४ हजार नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप सात सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय पाँच पुगेको छ ।

तपाईको प्रतिक्रिया