×

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका वडा नं. ४ मा अवस्थित झडुलामाई अध्यात्मिक प्रतीष्ठान (धार्मिक वन) क्षेत्रमा रहेको उत्तरगंगाको संरक्षण गर्न सम्वन्धित सरोकारवाला सबैको ध्यान जानु आवश्यक देखिएको छ ।

उत्तरबाहिनी (उत्तरगंगामा) मा परापूर्वकाल देखि नै पुजाआजा गर्ने गरेको ऐतिहासिक प्रमाणका आधारमा सो स्थानलाई थप प्रवर्धन गर्नुपर्ने आवश्यकता बढेर गएको झडुलामाई अध्यात्मिक प्रतीष्ठानका अध्यक्ष रोमलाल खनालले बताउनु भयो । खनालका अनुसार झडुलामाई प्रतिष्ठान क्षेत्र भित्र ऐतिहासिक प्रतिक चिन्हहरु मौला, त्रिशुल, शिवलिंग एवम् अन्य विभिन्न मूर्तिहरु छरिएर रहेका छन ।

झडुलामाई अध्यात्मिक प्रतीष्ठानले उत्तरगंगा निर्माण उपसमिति गठन गरि समान्य सुधारका कामहरु अगाडी बढाएको समेत उहाँले जानकारी दिनुभयो । प्रतिष्ठान सँग थप कार्य गर्नका लागि आर्थिक अभाव रहेको भन्दै उहाँले स्थानीय देखि राष्टिय रुपमै सो स्थानको प्रचारप्रचार गर्दै सो क्षेत्रको विकासको लागी तिनै तहका सरकारहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया