तिमीलाई लागेको चोट मेरो पनि छ
फरक यत्ती हो तिमीले भुल्न सकेनौ मैले भुले
देखाउन सक्छु त्यो खोट मेरो पनि छ।
समय अनुसार नै चल्नु पर्दो रहेछ
पटकपटक चोट खाइसकेपछी मनले पनि
आफै मलम खोजेर घाउ भर्दो रहेछ ।
जिम्मेवारीको भारी बोकेकोछु मैले
चाहेर पनि कम्जोर बन्न कहाँ सक्छु र तिमि झै
र त यो मनको इच्छा रोकेको छु मैले ।
म पनि पल पल मरेर बाचेको हु
सन्सार रमाइलो रैछ जिउन जानेदेखी यहाँ
हरेक चोटसंग लड्दै जीवन साचेको हु ।
मनमा छट्पटी हुन्थ्यो घरी घरी
राम नाम जपेर नै बलियो भएको हु म
मन अनायासै रुन्थ्यो घरी घरी ।
विमला अधिकारी देवकोटा, भरतपुर चितवन