Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

राजेन्द्र अर्याल

१० वर्तमान समस्याको समाधानको उपर्युक्त विकल्प महाधिवेशन भएकोले महाधिवेशनको तयारी तीब्रताका साथ अघि बढाउन वरिष्ठ नेता माधव नेपाललाई महाधिवेशन सम्बन्धी सम्पूर्ण अधिकारसहित जिम्मा दिने । कार्यकारी अध्यक्षले पार्टीको समग्र काम हेर्ने र महाधिवेशन सम्बन्धी अनुगमन गर्ने ।

२० शीर्ष नेताहरुको व्यवस्थापनका लागि आगामी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीमा सहमतीय ढंगले अघि बढ्ने ।

३० सचिवालय संख्या बढाएर १५र१७ बनाई दोश्रो पुस्ताका नेताहरुलाई लैजाने ।

४० सरकारका कामलाई अझ प्रभावकारी बनाउन स्थायी समितिको निर्णय अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्ने । सरकारलाई पार्टीबाट पूर्ण साथ सहयोग गर्दै सरकारले गरेका कामको जनस्तरमा राम्रो सन्देश प्रवाह गर्ने ।

५० अहिलेको अन्तरविरोध, कटुता, नेतृत्व बीचको असमझदारी हटाउदै एकताको रक्षा विकासका लागि एकताको मर्म भवना र एकता हुँदा बनाएको विधि अनुसार अघि बढ्दै स्थायी समितिले गरेका निर्णयहरुको इमन्दारिताका साथ कार्यान्वयन गर्दै परिभाषित काममा केन्द्रित हुने ।

देश र जनताभन्दा माथि कोही छैनन् भन्ने शाश्वत सत्यलाई सबैले अगाल्नुको विकल्प छैन । जनमतको भावना, सहिदहरुको रगत, कार्यकर्ताको रगत पसिना र अहिलेको चुनैतीपूर्ण संकट नेतृत्वले स्मरण गर्न जरुरी छ । यसबाट मात्र राजनीतिक स्थायीत्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र समृद्द नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान पूरा गर्दै समाजवादको यात्रा तय हुन सक्छ ।

अर्याल तत्कालीन प्रेस चौतारीका अध्यक्ष तथा तत्कालीन एमाले प्रचार विभाग सदस्य हुन् ।

तपाईको प्रतिक्रिया