अजित अधिकारी, चितवन
चितवन । भनिन्छ जनताले चाहेभने देशमा आमूल परिबर्तन ल्याउन सक्छन् ।त्यसैले म भन्दछु जनता जनार्दन हुन् । अहिले देशमा बढीरहेको बढ्दो महँगी र भ्रष्टाचारले जनता आजित बनिरहेका बेला यतिबेला नेताका आश्वासनहरु जनतालाई तितो लाग्न थालेको छ ।नलागोस् पनि कसरी समस्या लिएर बारम्बार कार्यालय धाइरहँदा नेताका आश्वासनले फटालेका कयौं दर्जन जुट्टा अनि सुन्दासुन्दै पाक्नै लागेका ती कानहरु कहिलेकाही त, जनतालाई देशको अवस्था देखेर धिक्कार लाग्दो हो ।सबैका आआफ्ना सपना हुन्छन् । कसैका चिल्ला गाडी चढ्ने होलान् त, कसैका ठुलठुला महल बनाउने त, कसैका साना सपना होलान् । जसका लागि ती सपना ठुला हुन् ।जस्तो खरको छानो भएकालाई तिनको छानो राख्न पाए भन्ने छ । भने कच्ची घर हुनेलाई पक्की घर बनाउन पाए भन्ने चाहना हुन्छ ।
माडी हुनेलाई भरतपुर भरतपुर हुनेलाई काठमाडौं काठमाडौं हुनेलाई बाहिर देश बसाइँसराइ गरि जाने चाहना छोराछोरीलाई ठुलठुला बोडिङ्ग स्कुल पढाउन पाए भन्ने कयौं मानिसहरुका सपना हुन्छन् ।हुन त यो स्वार्थी दुनियाँमा बिरलै हुन्छन् गरिबका बारेमा सोच्ने । हुन त, अर्थशास्त्रीहरुले भनेका छन् । मानिसका चाहनाहरु असीमित हुन्छन् । यी नै चाहनाहरु पूरा गरौंला भन्दाभन्दै आफ्नो समय गएको र आँफु नै अन्तिम बिन्दुमा पुगेको उसले पत्तै पाउदैनन् रे भनिन्छ ।मैले यहाँ निर्बाचित जनप्रतिनिधिहरुले जनताका परिवारका चाहनाहरु पूरा गरिदिनुपर्छ भन्न खोजेको होइन । मैले यहाँ जनतामा देखिएको लोभ र परिबृतीलाई पनि केलाउन खोजेको हुँ ।
जसरी हाम्रो सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्छ । तर यसो भनिरहँदा हामी अरुभन्दा ठुलो पोष्टमा पुग्यौं भने आँफुभन्दा तलकालाई मान्छे नगन्ने परिबृती हामीकहाँ छ । यसले गर्दापनि समाजमा एकरुपता आउन सकिरहेको छैन ।देशमा कयौं आन्दोलनहरु भए, कहिले राणाका बारेमा चर्को बिरोध त, कहिले पञ्चायती शासनको बिरोध त, कहिले राजतन्त्रको हुँदाहुँदै देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भयो ।बि.स. २०६२/६३ को जनआन्दोलनले नेपालमा रहेको राजसंस्था फाल्न सफल भयो । फलस्वरूप अहिले स्वतन्त्र अधिकारको प्रत्याभूति भयो । जनताको छोरापनि प्रधानमन्त्री, राष्ट्रपती हुन पाउने अधिकार त जनताले पाए । तापनि देशको महँगी नियन्त्रण हुन सकेन ।
अहिले देशमा महँगीले आकाश छोएको छ । भने काम गरेर खाने बाताबरण अझै सिर्जना हुन सकेको छैन । बन्द हडताल, तोडफोड जस्ता कुरितीले देश चुर्लुम्म डुबेको छ ।बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने समस्याले जनता पिल्सिएका छन् । तरपनि यस्तो अबस्थामा राज्य बेखबर बनिरहेको छ । सरकारलाई देश र जनताको समस्यासंग कुनै चिन्ता छैन । उही आफ्नै जहान परिवार र नातागोता भन्ने छ । त्यसैले जागीरमा पनि छोरी ज्वाइ, भाइ, भतिज, भान्जाभान्जी, नातीनातीनालाई मात्र छ ।
कहिलेकाही त धिक्कार लाग्दोरछ, यी राजनीति गर्ने नेताका परिपाटीले गर्दा, नेता बन्न वा वडा अध्यक्ष, मेयर, उपमेयर, वा अन्य पदमा हुनको लागि अर्थात् शासन सत्ता चलाउनको लागि धेरै पढ्नु नपर्ने एउटा सानो पिउनको जागीर खान एसएलसी वा १२ कक्षा पास गरेको हुनुपर्ने, यो ब्यबस्था नै गलत देखिन्छ ।
उता यिनै विविध कारणले गर्दापनि हालै भएको स्थानीय तह निर्वाचनमा केही क्षेत्रहरुको परिणाम फरक देखियो । जस्तोकी, राजनीतिक दलमा आवद्ध रहेको ब्यक्ति वा पार्टी भन्दा राजनीति दलमा आवद्ध नभई स्वतन्त्र बिचारले उम्मेदवारी दिएका ब्यक्तिहरुले नै अत्याधिक भारी मतका साथ चुनाव जिते ।स्वतन्त्रबाट काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह यसैगरी धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ्गले अत्याधिक भारी मतका साथ चुनाव जिते ।
यसरी चुनाव जित्नु भनेको बिगतमा राजनीतिक दलका नेताहरुले कुनैपनि बिकास निर्माणका कामहरु नगर्नु र जनतालाई ´जयभोली` ले हैरानी बनाउनु जस्ता कुराहरुले अब राजनीतिक दलका नेताहरु भन्दा स्वतन्त्र उम्मेदवार नै बिकासका सवालमा महान हुन्छन् । भन्ने कुरालाई हालै भएको स्थानीय तह निर्वाचनको मत परिणामले छर्लङ्ग बनाएको छ । यसैगरी केहीदिन अगाडि मैले आफ्नो फेसबुक वालमा अहिलेको समसामयिक विषयबस्तुमा रहेर राखेको (आर्टिकल) स्टार्टसलाई जस्ताकोतस्तै हुबहु स्थान दिएको छु ।
बिगतदेखि आजसम्म नेताका कयौं झुटा आश्वासनहरु झेल्दै आज यहाँसम्म आइपुग्यौं ।कसैको बिरोधको लागि लेखिएको मेरो बिचार होइन । जसरी मैले उल्लेख गरेको मेरो बिचारले बिकासको बाटो पहिल्याउन सकोस् भन्ने नै हो ।तत्कालीन समयमा गिरिजाबाबुले म राप्तीको पुल बनाउछु भनेर मंचबाट उदघोष गर्दा उनलाई खिसी ट्युरी गर्दै भेटवाल लगाएतका केही नेताहरूले कागजको पुल बनाए मात्र हो भन्दै गफमा उडाए रे, उनले भने हेर्दै जानुस् त्यसको केही बर्षपछि राप्तीमा पुल बन्यो । फेरि पुल बनिसकेपछि पनि उनलाई मजाक गर्न छाडेनछन् ।
यो पुल धेरैदिन टिक्दैन बलियो छैन भनेर भनेछन् । त्यसपछि त्यो पुलमा यात्रुहरु झार्न लगाइयो ठुला ओजनका गाडीहरु चल्न दिएनन् रे, पछि यो थाहा पाएर गिरिजाबाबु आँफै आएर कडा निर्देशन दिएपछि त्यसदिनदेखि त्यो पुलमा सबै किसिमका सवारी साधन आवातजावत गर्न पाएका हुन भनिन्छ ।पुल बनाएर माडीबासी जनताहरुलाई गिरिजाबाबुले र तत्कालीन समयमा सांसद बनेका तिर्थ भुसालले ठूलो गुण लगाए अझ त्यो भन्दा बढी जनतालाई त्यतिबेला गिरिजाको खिसीट्युरी गर्ने भेटवाल र केही नेताहरुले लगाए । सायद खिसीट्युरी नगरिदिएको भए गिरिजाले पुल नबनाउन पनि सक्थे ।त्यसैले बिकासको सवालमा काम गर्नेलाई खिसीट्युरी गर्नेले पनि काम गर्न अझ धेरै उत्प्रेरणा दिन्छन् । यो एउटा उदाहरणको रूपमा प्रस्तुत गरेको हुँ । यसको तात्पर्य मेरो बिचार कहाँनेर हो भने जसरी अघि मैले माथि उल्लेख गरें त्यस्तै मेरो बिचारले पनि माडीको बिकास गर्न नेताहरूलाई थप उर्जा प्रदान गरोस् भन्ने नै हो ।
स्थानीय निकाय र अब बन्ने संघीय सरकारले अबको पाँच बर्षे कार्यकालमा पनि निकुञ्ज ऐन संसोधन गर्न, निकुञ्जको बाटो कालोपत्रे गर्न, ब्यबस्थित रिउ करिडोर निर्माण गर्न, मानव र बन्यजन्तुबीचको द्वन्द्व ब्यबस्थापन गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, खेतीयोग्य उर्बर भूमिको अतिक्रमण रोक्न, आफ्ना आसेपासेलाई मात्र रोजगारी दिने परम्परा अन्त्य गर्न, आँफुखुशी जथाभावी जग्गा भाडामा र लिजमा दिने ब्यबस्थाको अन्त्य, भूमिहिनको समस्या समाधान गर्न, र आजको अपरिहार्य समस्याको रूपमा रहेको बारम्बार निकुञ्ज क्षेत्रमा देखिदै आएको बिद्युत फल्ट र यसको लागि दीर्घकालीन बिद्युत बिस्तार भएन भने यसपछि समाधान हुन्छ भनेर नखोक्दापनि हुन्छ । र जसरी काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा बालेन्द्र र हर्क जन्मेजस्तै माडीमा पनि अरु नजन्मेलान् भन्न सकिदैन ।